२०८२ जेठ २२ बुधबार

राशिफल

खुमन र सुनिताको “नाचिदेउ पुतली”

काठमाडौँ – हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको “ नाचिदेउ पुतली” सार्वजनिक गरिएको छ ।

नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायांकन र मिलन बिस्वकर्माको सम्पादन रहेको छ । भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगाना फिचर्ड छन् । भिडियो एसपि म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।