२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ – बिहीबार थप ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७ गर्दा १०३० मा संक्रमण देखिएको छ । कुल १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनाबाट मुक्त भएका छन् । थप १४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।