२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ – अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

राष्ट्रिय मौसम सेवाले सुनामीको चेतावनी दिएको हो । दक्षिण अलास्का प्रायद्वीप र एउटियन टापुमा बस्नेहरूको लागि सो चेतावनी जारी गरिएको हो ।

राष्ट्रिय मौसम सेवाले धेरै खतरनाक सुनामीका छालहरू आउने सम्भावना रहेको बताएको छ । हवाईमा पनि सुनामीको चेतावनी दिइएको छ ।
भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेसँगै त्यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा जान थालेको न्यूयोर्क टाइम्सले जनाएको छ ।