काठमाडौँ – प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा नगदसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ लाख १५ हजार ३५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाका अनुसार जुवाखालबाट पक्राउ पर्नेहरुमा बनेपा–१० का २८ वर्षीय कृष्ण केसी, बनेपा–११ पाकुटोल बस्ने ४४ वर्षीय सुमन अधिकारी, बनेपा–१४ साँगा बस्ने ४० वर्षीय गणेश थापा, बनेपा–७ घर भई धनेश्वर बस्ने ४२ वर्षीय अनिल मुस्याजु र बनेपा–६ बस्ने २६ वर्षीय किशोर अधिकारी, रोशी गाउँपालिका १ घर भई बनेपा ७ बस्ने ३७ वर्षीय चन्द्र लामा स्याङ्ताङ, रोशी–३ शिखरआम्बोटेका ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, रोशी–३ को शिखर आम्बोटे बस्ने ३४ वर्षीय हीरा लामा, रोशी–३ घर भई बनेपा बस्ने ३५ वर्षीय थर्कमान लामा, धुलिखेल–१० सारदाबतासे बस्ने ३४ वर्षीय छिरिङ लामा र भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने ३४ वर्षीय दीपक बस्नेत छन् ।
पक्राउ परेका सबैलाई ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ ।
तपाइँको प्रतिक्रीया