२०८२ असार ४ बुधबार

राशिफल

नक्कली आमा बुबा बनेर नागरिकता बनाउने दुई जना पक्राउ

काठमाडौँ – झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झूटो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा भारत घर भई पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल र नक्कली बुवा बनेका ५१ वर्षीय धुरूपप्रसाद पटेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झूटो विवरण पेश गरेर नेपाली नागरिकता बनाएकी थिइन् । नेपाली नागरिकता बनाएको सूचना पाएपछि वीरगञ्ज – १३ श्रीपुरबाट सीतालाई पक्राउ गरेको थियो ।