२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बिहीबार उपत्यकामा मात्रै ८ सय ६० जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौँका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना छन् ।

काठमाडौँ उपत्यकामा अहिले आठ हजार ४४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन् ।