२०८२ असार ३ मङ्गलबार

राशिफल

जसपा संसदीय दलको नेताको चुनाव हुने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले साउन १६ गते शनिबार संसदीय दलको नेता छान्ने भएको छ ।

संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १३ जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी १९ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।