२०८२ असार ४ बुधबार

राशिफल

छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ

काठमाडौँ – महोत्तरीमा छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ परेका छन् ।

रामगोपालपुर नगरपालिका ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सानिमा आमा रागनी मुखियालाई पक्राउ गरेको हो ।

मृत बालकको बुबालाई गाउँबाटै र सानिमा आमा रागनीलाई धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । बुधबार अपराह्न करिब ५ बजेदेखि बालक हराइरहेका थिए । बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला परेका थिए ।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।