२०८२ असार ४ बुधबार

राशिफल

एनआरएनए अस्ट्रेलियाको चुनावमा एनएसडब्लुको प्रदेश सहसचिवमा जोशीको उमेदवारी

काठमाडौँ – प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ । राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ । एस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले । यहि आउदो शनिबार अर्थात् ३१ जुलाइमा हुन गई रहेको चुनाव कोभिड १९ को बढ्दो प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।

समाजसेवी राकेश जोशी सबै एनआरएनएको चिरपरिचित नाम हो । बिभिन्न सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन् । उनि भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा संलग्न छन् । उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन । उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन् ।

उनका इभेन्टहरूमा स्थानीय एमपीको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध बलियो बनाउन मद्दत पुर्याउँछ। युवा उद्यमशीलता मा पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

“साझा एनएनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसका लागि हामी सबै मिलेर काम गर्न प्रतिबद्व छौं । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु, टेलिफोन मार्फत सह – सचिबका उम्मेदवार राकेश जोशीले भने ।