२०८२ असार ४ बुधबार

राशिफल

भोलीदेखि ललिपुरमा यी व्यक्तिले जोन्सन एण्ड जोन्सन खोप लगाउन पाउने

काठमाडौँ – ललितपुर महानगरपालिकामा सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । उक्त खोप सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुले लगाउन पाउनेछन् ।

खोप लगाउनका लागि महानगरपालिकाले पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक र महेन्द्र आदर्श माध्यमिक विद्यालय सातदोबाटोमा खोप केन्द्र तोकेको छ । महानगरमा साउन १५ गतेदेखि आज १७ गतेसम्म ४५ वर्ष माथिका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइरहेको छ ।

भिडभाड हुने बढी क्षेत्रका नागरिकलाई भोलि साउन १८ गतेदेखि प्राथमिकताका आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको महानगरले जनाएको छ ।