२०८२ असार ४ बुधबार

राशिफल

कर्णाली नदीमा १० दिनको शिशु सहित तीन जना बेपत्ता

काठमाडौँ – कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका – ३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार सोही ठाँउकी १९ बर्षिय धनसरा सलामीमागरको अवस्था गम्भीर रहेको छ । उनको १ महिनाको छोरा कर्ण सलामी मगरको अवस्था भने सामान्य रहेको उनले बताए । पाँच जना भने पौडी खेलेर नदी बाहिर आएका थिए ।

डुंगामा सवार १० जना रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाकारी दिएको छ ।