२०८२ असार ४ बुधबार

राशिफल

भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ

काठमाडौँ – भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार साँझ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका(२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।