काठमाडौँ – भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका – २ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदै छ ।
छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।
छानविन समितिका अनुसार काठमाडौंको टोली आज धनगढी बसेर भोलि दार्चुला जानेछ, त्यसपछि एक राउण्ड छलफल गरेर काम सुरु हन्छ । सहायक प्रजिअ जोशीका अनुसार प्रत्यक्षदर्शीसँग पनि छानविन टोलीले भेट्ने छ ।
तपाइँको प्रतिक्रीया