२०८२ जेठ ३१ शुक्रबार

राशिफल

लागूऔषधसहित एक व्यक्ति पक्राउ

काठमाडौँ – सिरहा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गएराती नवराजपुर गाउँपालिका – ५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंहलाई लहान नगरपालिका – १ बाट लागूऔषधसहित पक्राउ गरेको हो ।

को. २६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिहको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको छ ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।