२०८२ जेठ ३२ शनिवार

राशिफल

डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीयबाट हटाइए

काठमाडौँ – लगातार विवादमा मुछिएपछि सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै गौतमलाई हटाएको हो।

गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो।

वीरको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका मुछिएका थिए । कर्मचारीले मागका विषयमा छलफल गर्न लागेको बेला पनि उनले प्रहरी प्रशासन लगाएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटाएको आरोप पनि छ ।

गौतमलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको जनाइएको छ ।