काठमाडौँ – आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको ४२ र लगानी समूहको शेयर दुई अङ्कले बढेको छ । होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर घटेको छ ।
आज दुई सय २६ कम्पनीका दुई करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युतको ३७ करोड ७५ लाख र युनिभर्सल पावर कम्पनीको ३५ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
तपाइँको प्रतिक्रीया