काठमाडौँ – सोमबार थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ९ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ५८ हजार १ सय २२ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया