२०८२ जेठ २२ बुधबार

राशिफल

पारस खड्काले गरे क्रिकेटबाट संन्यास लिने घोषणा !

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने घोषणा गरेका हुन् ।

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरकोेकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु ।’ उनले समाजिक सञ्जालमा अगाडी उल्लेख गरेका छन् ‘नेपालको लागि खेल्नु मेरो जीजनको सर्वश्रेष्ठ उपलब्धि हो । २००२ मा १५ बर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु ।