काठमाडौँ – सप्तरीको खडक नगरपालिका – ४ मा बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमवार साँझ स ११ प ४०३८ नम्बरको मोटरसाइकलले बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सिरहा लहान नगरपालिकाका २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको मृत्यु भएको हो ।
चौधरीको मोटरसाइकलको पछाडि रहेका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलको पछाडि रहेकी लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते भएका छन । उनीहरुलाई थप उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया