२०८२ जेठ ३२ शनिवार

राशिफल

नक्कली पेस्तोल देखाएर धम्की दिने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँमा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कागेश्‍वरी मनोहरा नगरपालिका – ७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा मनोहरा – ८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका – १ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

गत आइतबार दिउँसो बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले पेस्तोल देखाएर धम्की दिएर भागेपछि प्रहरीलाई खबर भएको थियो । सो जानकारीपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको खोजी गरी पक्राउ गरेको केन्द्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।