२०८२ जेठ २७ सोमबार

राशिफल

नेप्से परिसूचक हालसम्मकै उच्च

काठमाडौँ – सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो ।

तीव्र उचारढवाका बिच नेप्से परिसूचक २ बजेर २२ मिनेटसम्म ३ हजार १ सय ६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् । कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर ३ हजार १ सय ११ दशमलव ०९ अंकमा पुगेको छ ।

कारोबार रकम साढे ११ अर्ब रुपैयाँ माथि पुगेको छ । २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ पुगेको छ ।