२०८२ जेठ ३१ शुक्रबार

राशिफल

अमेरिकामा एक हप्तामा दुई नेपालीको ज्यान गयो

काठमाडौँ – अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ ।

न्युयोर्कका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ ।

दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।