२०८२ असार ४ बुधबार

राशिफल

मोटरसाईकल चोरीको आरोपमा दुईजना पक्राउ

काठमाडौँ – मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका – ७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका – १३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका – ९ घर भएका २३ वर्षीय धिराज सुनारलाई पक्राउ गरेको हो।

उनीहरुले पोखरा महानगरपालिका – १३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।