काठमाडौँ – बुधबार देशभर थप ४१०७ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता डा. समीर अधिकारीले सो जानकारी दिएका हुन् ।
१६ हजार २९८ कूल नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित संख्या बढेर ३३ हजार ४६४ पुगेको छ । १५३५ जना डिस्चार्ज भएका छन् ।
बुधबार थप ३५ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमित हुनेको दर आज २६.२ प्रतिशत छ ।
तपाइँको प्रतिक्रीया