२०८२ असार ३ मङ्गलबार

राशिफल

सर्वोच्चद्धारा उपेन्द्र यादव पक्षलाई दिएको आधिकारिकताको निर्णयविरुद्ध आदेश दिन अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

महन्थ ठाकुरले निर्वाचन आयोगले साउन ११ गते यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आज प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै यसअघि ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदन सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो ।