२०८२ असार ५ बिहीबार

राशिफल

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’

काठमाडौँ – सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ ।

आज संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उनले बताए । आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए ।