हाल अमेरिकामा रहेका गायक, रचनाकार तथा संगीतका केशव शर्मा दाहालको ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । दाहालको शब्द रचना तथा संगीत रहेको यस गीतमा चर्चित गायक राजेश पायल राईको स्वर र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।
भिडियो मार्फत विदेशिएको आफ्नो छोराको पर्खाइमा रहेका आमा – बुबाहरुको कथा भन्न खोजिएको छ । गीतकार तथा संगीतकार दाहालले गीतलाई लिएर आफु अत्यन्त उत्साहित रहेको भन्दै आफु परदेशमा रहँदा आफ्नो मनमा उब्जिएका अनेकथरि भावनाहरुलाई शब्दको रुपमा अभिव्यक्त गरेको बताएका छन् ।
रंगकर्मी प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा लोकप्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिको अभिनय देख्न सकिन्छ । महेश पौडेलले छायांकन गरेको भिडियोको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा छायांकन गरिएको भिडियो ‘केशव एस। दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
केशव शर्मा दाहालले आफ्नै स्वरमा यस अघि “ चौतारीमा बसौं न पियारी” “वैशैमा लाको पिरती” लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् । केहि दिन अघि मात्र भानु जयन्तिको अवसर पारेर उनको “भानु तिम्रो रामायणले” बोलको भजन सार्बजनिक भएको थियो ।
भिडियो लिंक
तपाइँको प्रतिक्रीया