२०८२ असार ४ बुधबार

राशिफल

गरिबीको रेखामुनि रहेकालाई निःशुल्क विद्युत् उपयोग गर्न दिने मन्त्री भुसालको घोषणा

काठमाडौँ – गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपयोग गर्न दिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घोषणा गरेकी छिन् । बिहीबार मन्त्रालयमा छलफलको क्रममा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई निः शुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकि छिन् ।

उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेकी छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेकी छु मैले ।’