२०८२ जेठ ३२ शनिवार

राशिफल

भदौ ३ गतेदेखि अनशन बस्ने डा. के.सीको चेतावनी

काठमाडौँ – डा. गोबिन्द केसीले पुनः अनशनको घोषणा गरेका छन् ।

सरकारसमक्ष विभिन्न पाँचबुँदे माग अगाडि सारेर उनले अनशन बस्ने घोषणा गरेका हुन् । आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि अनशन बस्न शुरू गरिने उनको चेतावनी छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको मुख्य माग छ ।