२०८२ जेठ २७ सोमबार

राशिफल

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सयले घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।