२०८२ असार ५ बिहीबार

राशिफल

छोरी–ज्वाइँको घरमा गएको बेला पोखरीमा हाम फालेर वृद्धको मृत्यु

काठमाडौँ – पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा एक वृद्धको मृत्यु भएको छ ।

छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर मृत्यु भएको हो । उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।