२०८२ असार ५ बिहीबार

राशिफल

अबैध ५ सय ९५ थान मोबाइल सहित २ जना प्रकाउ

काठमाडौँ – विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गएराति प्रदेश ३ – ०१ – ०२३ च ५५४४ नम्बरको कारलाई प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको उक्त मोबाइलसहित चितवन भरतपुर महानगरपालिका – ८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरेको हो । बरामद गरिएको ५ सय ९५ थान मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जनाइएको छ ।

पक्राउ परेका उनीहरुमाथो थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।