२०८२ असार ४ बुधबार

राशिफल

माधव नेपाल पक्षको स्थायी समिति बैठक सकियो

काठमाडौँ – शुक्रबार नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक काठमाडौँको बुद्धनगरमा सकिएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।

बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो । स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो ।

केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।