२०८२ जेठ ३२ शनिवार

राशिफल

शुक्रबार ३७२९ जनामा कोरोना पुष्टि, थप २५ जनाको मृत्यु

काठमाडौँ – शुक्रबार देशभर ३७२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ नमुना (६१८२ एन्टीजेन र ९४९३ पीसीआर) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार थप २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या कूल संख्या १० हजार १९ पुगेको छ ।

१८२५ जना निको भएका छन् । सक्रिय संक्रमित ३४ हजार ९४२ रहेको छ । १ लाख २० हजार जनाले पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाएका छन् ।