२०८२ असार २ सोमबार

राशिफल

दार्चुलाको घटनाबारे बोल्न नसक्नु कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान : कोमल वली

काठमाडौँ – राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले बोल्न नसक्नु कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको बताएकी छन्।

आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन् ।

उनले भनिन्, ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरुको चरित्र ? यो बिपी कोइरालाको अपमान हो । बिपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्ता माथिको अपमान हो ।’ ‘बिपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने नेपाली जनताको अपमान हो । यो इतिहासको अपमान हो । स्वाभिमानको अपमान हो। र मानवतावादको अपमान हो । देश, मानविय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ?

बिपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? बिपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरुबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’