२०८२ असार ५ बिहीबार

राशिफल

कोभिसिल्डको दोस्रो डोज साउन २५ देखि

सरकारले कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन नपाएका साढे १३ लाख बढी मानिसलाई साउन २५ गतेदेखि खोप दिने भएको छ।

खोप शाखाका प्रमुख डा झलक गौतमले १३ लाख ६८ हजार मानिस कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाले साउन २५ गतेदेखि दोस्रो डोज दिन सुरू गरिने जनाए।

शुक्रबार भुटानले २ लाख ३० हजार अस्ट्राजेनेकाको खोप नेपाललाई दिएसँगै जापानबाट भोलि र पर्सि गरेर थप ८ लाख खोप आइपुग्ने भन्दै डा। गौतमले ती सबै खोप दोस्रो डोज लगाउन बाँकी रहेकाहरूलाई दिइने बताएका छन।