२०८२ जेठ २२ बुधबार

राशिफल

‘लभ सर्कल’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ – फिल्म ‘लभ सर्कल’को अफिसियल ट्रेलर सार्वजनिकभएको छ । नाजिर हुसेन, मुकुन भुषाल, रविन्द्र झा अभिनित फिल्म साउन २९ गते ओटीटी प्लेटफर्ममा रिलिज हुने जनाइएको छ ।

बसन्त निरौला निर्देशित फिल्मको ट्रेलरमा सुमन कोइराला, पवित्रा आचार्य र रिस्ता बस्नेत समेत फिचर्ड छन् ।

रहस्य र अपराधको कथा बुनिएको फिल्मलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । फिल्ममा अभिमन्यु निरवीद्वारा लिखित पटकथा, दिव्य सुवेदीको छायांकन समावेश छ ।

कोरोनाभाइरस महामारीको कारण फिल्मले ओटीटीमा रिलिज योजना बुनेको हो । मीटीभको प्रस्तुतिमा ओएसआर डिजिटल प्रालिले फिल्म निर्माण गरेको हो ।
हेर्नूस ट्रेलर