२०८२ असार ३ मङ्गलबार

राशिफल

साउन २८गते कांग्रेसको केन्द्रीय समितिको बैठक

काठमाडौँ – साउन २८ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो । बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने जनाइएको छ ।

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ ।