२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बोर्डको बैठक बस्दै

काठमाडौँ – कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।

परीक्षा स्थगितको निर्णय राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्नेहुन्छ । बोर्डको बैठक आज शनिबार बोलाइएको छ । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा कम्तीमा २५ जना मात्रै विद्यार्थी राख्नेगरी परीक्षा सञ्चालनको तयारी थालेको थियो ।