काठमाडौँ – शनिबार थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख १२ हजार ७ सय ४० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ७ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६७ हजार २ सय ७० जना रहेको छ । आज १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको १० हजार ३८ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया