२०८२ असार २ सोमबार

राशिफल

ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौँ – ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले धारापाटीमा डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका(२ का २३ वर्षीय सुवास बराल र बाँके नैनापुर गाउँपालिका – २ का ३५ वर्षीय मोबिल जोलाहालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट २० ग्राम ब्राउनसुगर, लागुऔषध जोख्ने तराजु, मोबाइल तीन थान, नेपाली ८२ हजार, भारु ९ हजार बरामद भएको प्रहरीले जा नाएको छ । पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही थालिएको वृत्तले जनाएको छ ।