काठमाडौँ – सोमबारदेखि कोभिसिल्ड खोपको दोस्रो डोजको खोप अभियान सुरु हुने भएको छ ।
शुक्रबार भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाडौँ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो ।
खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ । गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।
तपाइँको प्रतिक्रीया