२०८२ असार २ सोमबार

राशिफल

खसीको मासु भनि बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

काठमाडौँ – काठमाडौँको कलंकीबाट खसीको मासु भनि बाख्रीको मासु बेच बिखन गर्ने ४ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर १४ कलंकी खसीबजार स्थितमा भारत बिहार बहराइज घर भई खसीबजार स्थितमा जिऊदो खसीबेच्ने प्रयोजनार्थ राखेको खसी पसलमा खसीको मासु संगै बाख्री पनि काटी बाख्रीको मासु बाख्री भनी पहिचान खुल्ने अङ्गहरु लुकाई खसिको मासुमा मिसाई खसीकै मासु हो भनी बेच्ने गरेको भन्ने विषेष सुचनाको आधारमा प्रहरीले उक्त मास’ ब्यापारी पक्राउ परेको प्रहरीले दाबीस् गरेको छ ।

ऊक्त पसलमा काठमाडौं कालिमाटीको प्रहरी टोलि खटिगई हेर्दा विक्रि वितरण गर्नको लागी राखिएको बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी बाख्रीको मासु पहिचान खुल्ने अङ्गहरु लुकाईएको समेत बरामद गरिएको साथै ऊक्त पसल संन्चालक र पसलमा काम गर्ने निम्न ४ जना मानिसहरुलाई समेत नियन्त्रणमा लिई अनुसंधान कार्य जारी रहेको प्रहरीले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा पसल सन्चालक भारत बिहार बाहराइज घर भई का. जि. खसीबजार बस्ने वर्ष ६७ को गुलाम रसोल क्रोसिल, वर्ष २५ को जविर क्रोसिल, वर्ष २१ को जाविर क्रोसिल, वर्ष ५० को मटान पुरेसी रहेका छन् ।