काठमाडौँ – काठमाडौँको गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका बासुकी चोक बस्ने कनक बहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे नमोबुद्ध नगरपालिका – ५ घर भएका २८ वर्षीय प्रेम तामाङसहित आठ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई ४२ हजार रुपियाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया