२०८२ असार २ सोमबार

राशिफल

तीर्थालु बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ – बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान चन्द्रपुर नगरपालिका – १ नुनथरमा ना ५च ३१६६ नम्बरको बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना हुदा बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

पाँच जना घाइते भएका छन् । दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ ।