२०८२ असार २ सोमबार

राशिफल

रामचन्द्र पौडेल पक्षले बोलाएको भेलामा ४७ जिल्लाका सभापति सहभागी

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।

आज काठमाडौँको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको आयोजकले बताएका छन् ।

आज दिनभर चल्ने उक्त भेलामा जिल्ला सभापतिहरूले आ – आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।