२०८२ असार २ सोमबार

राशिफल

एमालेको स्थायी कमिटी बैठक सकियो

काठमाडौँ – एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

सोमबार च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

बैठकमा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल समूह अनुपस्थित छ । एमालेको केन्द्रीय कमिटी बैठक आजै दिउँसो तीन बजेका लागि बोलाइएको छ ।