काठमाडौँ – आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू जनताको बलमा प्रधानमन्त्री भएको बताएका छन् । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री भएको बताए ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनका नेताहरु दसैँ आएर केटाकेटी नाचेजस्तो गरिरहेको भन्दै कटाक्ष गरे । “असमान्य ढंगले सरकार परिवर्तन भएकाले होला । सत्तापक्ष गठबन्धनका मित्रहरु असाध्यै हौसिनुभएको छ । दसैं आएजसरी केटाकेटीलाई आँगनमा नाचेको जस्तो नाच्दै ठिक हुनुहुन्छ,” उनले भने ।
अध्यक्ष ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् । उनले भने, ‘माओवादी आगो हो’ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको स्मरण गरे । उनले अघि भने, ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’
तपाइँको प्रतिक्रीया