२०८२ असार ५ बिहीबार

राशिफल

लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौँ – नागढुंगाबाट १५ सय एम्पुल औषधिजन्‍य लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरी प्रभाग नागढुंगामा चेकजाँच गर्नेक्रममा बिरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट डाइजीपाम ५ सय एम्पुल, नूफिन ५ सय थान र फेनेर्गन ५ सय एम्पुल गरी जम्‍मा १५ सय एम्पुल लागुऔषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका – ३ का १९ वर्षीय नितेश पटेल रहेका छन् । पटेललाई सोधपुछका क्रममा बारा कलैया उपमहानगरपालिका – २ घर भइ हाल कीर्तिपुर बस्‍ने १९ वर्षीय रविन्द्र प्रसाद कुर्मी र पर्सा सखुवापर्सौनी गाउँपालिका ३ घर भइ कीर्तिपुर बस्‍दै आएका २० वर्षीय फैयाज अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।