काठमाडौँ – ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका ६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ ।
उदयपुर जिल्ला प्रहरीका अनुसार सडेको अवस्थामा शव फेला परेको हो । क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया